स्कुलमा जंजीरले बाँधिएका भेटिए १०० बालक

डिसी नेपाल
११ असोज २०७६ १५:३४

काठमाडौं। एक स्कुलभित्रबाट पुलिसले ५ सय जनाको उद्धार गरेको छ । यीमध्ये ठूलो संख्यामा बालकहरु छन् । यो स्कुल इस्लामिक भएको बीबीसीको समाचारमा उल्लेख छ । घटना नाइजेरियाको कडुनाको हो । कडुनाका पुलिस प्रवक्ताका अनुसार बन्धक बनाइएकाहरुमध्ये १०० बालकलाई जंजीरले बाँधेर राखिएको थियो । बाँधेर राखिएका छात्रहरुका अनुसार स्कुल स्टाफ उनीहरुलाई अप्राकृतिक बलात्कार गर्थे ।

नाइजेरियाको पुलिसलाई उद्धृत गर्दै समाचारमा बन्धक बनाइएका बालकहरुसँग यौन दुर्व्यवहार गरिएको छ । उद्धार गरिएकामध्ये जंजीरले बाँधिएका बालकहरु ५ वर्षसम्मका छन् । कडुनाका पुलिस प्रवक्ता याकुबू सबोका अनुसार उनीहरुलाई यहाँ कुरानको शिक्षा दिने भनेर राखिएको थियो । यो स्कुल करिब १ दशकदेखि संचालनमा थियो । अभिभावकलाई लाग्थ्यो कि उनीहरु बालबालिकालाई सुधार गर्ने र कुरानको शिक्षा दिनका लागि यहाँ पठाइरहेका छन् ।

कैयौंसँग ड्रग्स र बिरामीबाट छुटकारा दिलाउने बाचा गरेर समेत बालबालिका यहाँ ल्याइएका थिए । कडुनाका पुलि प्रमुख अली जंगाका अनुसार एक अज्ञात व्यक्तिले यो भवनभित्र संदिग्ध गतिविधि भएको सूचना दिएका थिए । त्यसपछि यहाँ छापा मारिएको थियो । पुलिस प्रमुखले यो भवनलाई यातनागृहको संज्ञा दिएका छन् । शिक्षकहरु समेत ८ संदिग्धलाई पुलिसले पक्राउ गरेको छ ।

पुलिसका अनुसार उद्धार गरिएकामध्ये कैयौं घाइते थिए । कैयौं भोका थिए । केही व्यक्तिहरुले आफूहरुलाई वर्षौंदेखि यहाँ राखिएको र बाहिर जाने स्वतन्त्रता नदिइएको बताए । एक युवकले स्थानीय मिडियालाई बताएअनुसार उनका खुट्टा ३ महिनादेखि जंजीरले बाँधिएको थियो । यहाँबाट भाग्ने कोसिस गर्नेहरुलाई पंखामा झुण्ड्याएर मारिएको थियो । उद्धार गरिएकाहरु फरक फरक देशका छन् । पीडितका अनुसार यातनाका कारण यहाँ केही छात्रले ज्यान गुमाइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *