‘स्पाइडरम्यान’ पक्राउ

डिसी नेपाल
१२ असोज २०७६ ५:४६

फ्रेङ्कफर्ट । गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरम्यान’ अलाइन रोबर्ट जर्मनीको फ्रेङ्कफर्ट शहरस्थित ‘स्काइपर’ टावर चढेपछि पक्राउ परेका छन् ।

सन्ताउन्न बर्षीय रोबर्टले पक्राउ पर्नुभन्दा पहिले आधा घण्टाको छोटो समयमा नै १५४ मिटर अग्लो ४२ तले भवनमा कुनै सरकारी स्वीकृति र सुरक्षा सामग्रीविना नै चढेका थिए । उनको साहसिक कार्यलाई सडकमा हिँडिरहेको यात्रुले चकित बन्दै अवलोकन गर्नुका साथै फोटोहरू लिएका थिए ।

सन् १९९४ देखि आफ्ना चमत्कारको प्रदर्शन गर्दै आएका रोबर्टले दुवैस्थित विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा र पेरिसस्थित इफेल टावरलगायतका स्थानमा चढेर विश्वलाई चकित पारिसकेका छन् ।

अगस्टमा उनले हङकङस्थित एक गगनचुम्बी भवनमा चढेर ‘शान्ति’ को झण्डा फहराएका थिए । शनिबार पक्राउ पर्नुपूर्व गगनचुम्वी भवनहरूको यात्राको पछाडि आफ्नो कुनै गुह्य नरहेको र यो केवल आफ्नो क्षमताको प्रदर्शन मात्र रहेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *