एनएसीसीद्वारा पदाधिकारी र विभिन्न समिति सदस्यहरुको छनौट

डिसी नेपाल
१५ असोज २०७६ १३:१५

वाशिंगटन डिसी। नेपाली अमेरिकन सामुदायिक केन्द्र (एनएसीसी)को बैठकले पहिलो साधारण सभाले दिएको म्यान्डेटअनुसार अन्तरिम कार्य समिति, बोर्ड अफ ट्रस्टी र विविध समितिहरु डिसी मेट्रो क्षेत्रका विभिन्न समाजसेवीहरुलाई समेट्दै बिस्तार गरेको छ ।

एनएसीसीको अन्तरिम कार्य समिति र बोर्डअफ ट्रष्टीको गत सेप्टेम्बर १५ मा सम्पन्न संयुक्त बैठकले यस संस्थामा काम गर्नइच्छा जाहेर गर्नु हुने सवै समाजसेवीहरुलाई कुनै न कुनै जिम्मेवारी दिई टीममा समावेशगर्ने निर्णय गरेको छ।

अन्तरिम कार्यकारी समिति (आईईसी)मा थप गरिएका सदस्यमा अर्जुन ढुंगेल, देशराज संयोक, गुणराज लुइटेल, हरि केपुडासैनी, प्रज्ञानराज आचार्य, प्रदीप ढकाल, प्रेम पौडेल, टीका मैनाली, तोयानाथ पौडेल रविजय कुमार सिंह छन् ।

यसैगरी ट्रष्टीको अन्तरिम बोर्डमा परशुराम भण्डारी, शिवलामिछाने, सीता काफ्ले, तारानाथ पोखरेल छन् । मिडिया समन्वय समितिमा भने बिष्णु पौडेल (बिष्णु शितल), केशब सिग्देल, निदेशअधिकारी र प्रकाश नेपाल रहेका छन्।

सूचना प्रविधि समितिको जिम्मेवारी आनन्द पौडेल, अशिम लामिछाने, आशीष खनाल, डिला पोखरेल, हीरा क्षेत्री, केशब न्यौपाने, लक्ष्मी (रज्ज) कोइराला, माधव सापकोटा, र सूरज अर्यालले पाएका छन् ।

यसैगरी रियल स्टेट समितिमा चिरंजीवी लामिछाने, झलेन्द्र कुँवर र प्रवीन खड्का थप भएका छन्। अपरेसनल ओभरसाइट (सुपरिवेक्षण) समितिमा अनिल रुपाखेती, ग्रिश्मा दाहाल, कमल भुसाललाई थप गरिएको छ भने

वित्तीय नियमक समितिमा काजी बुढाथोकी, पवन खनाल, प्रशन्न संग्रौला, राजनअधिकारी र तिलक खरेल थप भएका छन्। युवा समन्वय समितिमा बिमल ओझा, कुमारकेसी, लेखनाथ चालिसे, समिक्षा सापकोटा, शिल थापा, सुवास जोशी र सुदर्शन घिमिरे रहेका छन्।

सोही बैठकले बोर्ड अफ ट्रष्टीकोसल्लाहकार समितिमा अर्जुन दाहाल, बद्रीप्रसाद अधिकारी, भरत रेग्मी, भीम रेग्मी, देवेंद्र खनाल, दीपेन्द्र पोखरेल, डा. अनुप पहाड़ी, डा. गुणराज सुवेदी, डा। गोविंद तिमिल्सिना, दोब ढकाल, गोविंदा सुवेदी, होम नाथ सुवेदी, राम भक्तअधिकारी, राम प्रधान र रिषीबराललाई चयन गरेको छ ।

अन्तरिम कार्यसमितिको सल्लाहकारसमितिमा छनौट भएकाहरुमा बद्री खनाल, बिष्णु खरेल, जनक अधिकारी, खगेन्द्र थापा, कृष्ण भण्डारी, लक्ष्मी गौडेल, मोहन निरौला, मुरारी नराल, नारायण पौडेलर निलकण्ठ सुवेदी, पदम रेग्मी, राम चन्द्र भट्टराई, राम हरिखड्का, रामेश ढकाल, रामशरण हुमागाइं, संजय डी जोशी, शिव नेपाल, उत्तम अधिकारी, याम कोइराला र यम कुमार सिटौला छन् ।

राजीव मैनालीको अध्यक्षतामा बसेको सो संयुक्त बैठकमा सामुदायिक भवन निर्माणगर्न योग्य जमीनको पहिचान र खरीदप्रक्रिया धेरै अगाडि बढिसकेको र चॉडैनैनिधोमा पुग्न सकिनेबारेमा छलफल भएको थियो । बैठकले मिडिया समन्वय समिति रयुवा समन्वय समितिलाई थप गर्नुको साथैचन्दा संकलन र लेखा ब्यवस्थापनलाई चुस्तराख्न जोड दिएको थियो ।

यस अघि अन्तरिम कार्य समिति, अन्तरिमबोर्ड अफ ट्रस्टी एवं बिधानअनुरुपका अन्यविभिन्न समिति उपसमितिहरुको पनिबिस्तार एवं गठनकालागि गुगल फर्म मार्फत सदस्यहरुबाट सेवा गर्ने चाहना जाहेर गर्न आह्वान गरिएको थियो । गत जुनमा डिसी मेट्रो क्षेत्रमा लगाईएकोसप्ताह महापुराणबाट २ मिलियन भन्दाबढीचन्दा संकलन गर्न एनएसीसी सफल भएको थियो ।

यस अघि सम्पन्न संस्थाको विशेष भेलालेथप सदस्य राख्नु पर्ने सुझाव सहित पारितगरेका अन्तरिम बोर्ड अफ ट्रष्टी समितिकासदस्यहरुमा राजीव मैनाली, पुरु सुवेदी, प्रेमसंग्रौला, सुमन तिम्सिना, हरि शर्मा, डा कल्पना कल्पना सत्याल, गोपाल रेग्मी, प्रेम भण्डारी, गोविन्द मैनाली, मेदिनीअधिकारी र मधु पन्थीलाई छनौट गरेको थियो ।

यसैगरी सोही भेलाले अन्य सदस्यथप गर्ने सुझाव सहित पारित गरेको अन्तरिमकार्यसमितिका सदस्यहरुमा भने ददी ढुंगाना, केशब बराल, डा, मदन उप्रेती ठाकुर ढकाल, बीना लामा, सुनिता खत्री, अर्जुन सिग्देल, राज गौतम, राजेन्द्र खनाल, सुनिता सुवेदी र अरुण रुपाखेती रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *