अस्ट्रेलियाको ब्रिसबनमा नेपाली नृत्य प्रतियोगिता सम्पन्न

डिसी नेपाल
१६ असोज २०७६ २१:३८

अस्ट्रेलिया । सन् २००९ देखि अस्ट्रेलियाको ब्रिसबनमा हरेक दुई वर्षमा आयोजना गरिने अस्ट्रेलिया व्यापी नेपाली नृत्य सम्पन्न भएको छ जस्मा एकल, जोडी र समूहगत नृत्य गरिएका थिए।

पाँचौं पटक गरिएको नृत्य प्रतियोगितामा विभिन्न राज्यहरूबाट ६२ जना प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायक नेपालबाट आएकी सुविना श्रेष्ठ थिइन् ।

नेप्लिज एसोसिएसन अफ क्युन्सल्यान्ड (एनएक्यू) र एनआरएनए अस्ट्रेलियाले गरेको प्रतियोगितामा एकलतर्फको उपाधि सुमन गुरुङले हात पारे भने जेनी गुरुङ दोस्रो र सुनीता लामा तेस्रो भइन्।

यसैगरी जोडी नृत्यतर्फ वर्षा पुन र सुमन गुरुङ पहिलो, किरण थापा मगर र कामना पौडेल दोस्रो र प्रकृति पाण्डे र समीक्षा श्रेष्ठ तेस्रो बने।

समूहगत नृत्यतर्फ अमित काफ्ले, अस्मिता थापा, अमित थापा, रोजिना ठकुरीले पहिलो स्थान उपाधि जितेका थिए भने सिमोन श्रीपाली, सरिना सैंजू, सुकृति आचार्य र रिभिका खरेलले दोस्रो र उदेन शेर्पा, सुप्रिया लामा, वर्षा पुन र प्रभिसा श्रेष्ठले तेस्रो स्थान हात पारे।

दुई दिनसम्म चलेको यस प्रतियोगिताको मुख्य उद्धेस्य दोस्रो पुस्ताका बालबालिकालाई नेपाली नृत्य, गीतसंगीत र कला संस्कृतिसँग नजिक गराएको कार्यक्रम संयोजक केशव शर्माले बताए ।

उनले हरेक दुई वर्षमा आयोजना गरिने यस प्रतियोगिताले यहाँ हुर्कंदै बालबालिकालाई नेपाली कलासंस्कृतिबारे जानकारी दिने मात्र नभएर उनीहरूबीच सम्बन्ध स्थापना गर्न समेत सहयोग पुर्‍याएको बताए।

प्रतियोगिताको विजयीलाई नगदका साथै ट्रफीसमेत प्रदान गरिएको थियो । प्रतियोगितामा एकलतर्फका विजेताले ५ सय डलर, जोडी नृत्यका विजेताले ७ सय डलर र समूहगत नृत्यका विजेतालाई ९ सय डलर पुरस्कार प्रदान गरिएको थियो । यसैगरी दोस्रो स्थानका प्रतियोगीलाई क्रमशः ३ सय, ४ सय र ५ सय डलर नगद पुरस्कार प्रदान गरिएको थियो ।

अष्ट्रेलिया न्युजिल्याण्डस्तरिय नेपाली लोक नृत्य प्रतियोगिताको समुहगत विधामा ब्रिजवेन प्रथम भएको छ। दुई दिनसम्म चलेको प्रतियोगितामा विभिन्न राज्यका १० टोलीलाई पछि पार्दै व्रिजवेनको डि नाइनटिन समुहले प्रथम स्थान हासिल गरेको हो। अमृत काफ्ले, अश्मिता थापा, अमित थापा र रोजिना ठकुरी सहभागी यो समुहले झ्याउरे नृत्य प्रस्तुत गरेका थिए।

समुहगत विधामा सिड्नी दोस्रो हुन सफल भएको छ। नेपलिज अष्ट्रेलियन एशोसियसन एनएएको तर्फ न्यु साउथ वेल्स राज्यको प्रतिनिधित्व गर्दै यो समुहले कौरा नृत्यु प्रस्तुत गरेका थिए। समुहमा सिमोन श्रीपाली, सरिना सैंजु, स्वीकृति आचार्य र रिभिका खरेल सहभागी थिए।

त्यस्तै समूहगत विधाको तेस्रो स्थान भने मेलवर्न हासिल गरेको छ। भिक्टोरिया राज्यको प्रतिनिधि द एभरेष्ट क्रुले तेस्रो स्थान हासिल गरेको हो। यो समूहमा उदेन शेर्पा, सुप्रिया लामा, वर्षा पुन र परिभाषा श्रेष्ठले नृत्य गरेका थिए।

त्यस्तै, जोडी लोक नृत्यतर्फ मेलवर्नका वर्षा पुन र सुमन गुरुङ प्रथम, व्रिजवेनका किरण थापा र कामना पौडेल दोस्रो र तेस्रो स्थान पनि व्रिजवेनकै प्रकृति पाण्डे र समिक्षा श्रेष्ठले जितेका छन्।

एकल नृत्यतर्फ मेलवर्न कै सुमन गुरुङ प्रथम भएका छन् भने दोस्रो स्थान पनि मेलवर्नकै जेनी गुरुङ सुरक्षित गरेकी छिन्। तेस्रो स्थानमा पर्थकी सुनिता तामाङ विजयी भएकी छिन्।

प्रतियोगिताका लागि १० समुह, ९ जोडी र १७ वटा एकल नृत्य छनोटमा परेको थियो। जसमध्ये न्युजिल्याण्डबाट दुइ समुह थिए। अष्ट्रेलियाको तास्मानियाबाहेक सबै राज्यबाट कम्तिमा एउटा समुह छनोटमा परेका थिए।

सुशिल चालिसे, सविना कुँवर र अनिशा ढुंगानाद्धारा सन्चालन गरिएको उक्त कार्यक्रममा क्विन्सल्याण्डका लागि अबैतनिक नेपाली महाबाणिज्यदूत जोय टूना, पूर्व सिनेटर श्रीमती क्लेयर मूरे लगायत नगरपालिका एबं बिभिन्न संस्थाहरुको प्रतिनिधिहरुको प्रतिनिधित्व थियो।

लुम्बिनी कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले शुभकामना सन्देश मार्फत हाम्रो पहिचानको माध्यम भनेकै हाम्रा कला, संस्कृति र भाषा नै भएकाले बिशेष गरी प्रवासमा यस्को प्रबर्द्धन र सम्बर्द्धन गर्न सकिए मात्रै दोस्रो पुस्ताले नेपाल र नेपालीको महत्व बुझ्न सक्ने भन्दै अभियानकोतर्फबाट हुन गइरहेको नृत्य प्रतियोगिताको लागि सफलताको कामना पठाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *