केकी अधिकारीको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । नेपाली सिने उद्योगमा चलेकी अ‍ेभिनेत्री हुन्, केकी अधिकारी । जीवन्त अभिनय गर्ने केकी अधिकारी यतिबेला भने आफ्नो मान्छेको पर्खाइमा थाकेर रुदै गरेकी भेटिएकी छिन्।

आफूले माया गरेको मान्छेको पर्खाइमा रुँदै गरेको केकी अधिकारीको यो भावुक दृष्य गायिका दुर्गा खरेलको पछिल्लो गीतको म्यूजिक भिडियोका लागि कैद गरिएको हो।

नेपाली सांगीतिक क्षेत्रमा निक्कै रुचाहिएका लोकप्रिय संगीतकार अर्जुन पोख्रेलले लेखेको यो गीतमा संगीत तथा संगीत संयोजन पनि पनि अर्जुन स्वयमले गरेका छन्।

गीतको म्यूजिक भिडियोमा केकी अधिकारी र पवन शर्माले अभिनय गरेका छन्। म्यूजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन्। नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियो सम्पादन भरत रेग्मीले गरेका छन्।

भिडियो

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो