दिल्लीमा सीए अध्ययनरत विद्यार्थीहरूले विशेष कार्यक्रम गरि मनाए दशैँ

डिसी नेपाल
२२ असोज २०७६ ११:०२

नयाँ दिल्ली। भारतको राजधानी दिल्लीमा सीए अध्ययनरत नेपाली विद्यार्थीहरूको सङ्गठन ‘हातेमालो नेपाली विद्यार्थी समूहले’
यसपालिको दशैँ विशेष कार्यक्रम गरेर मनाएका छन्। महान् चाड बडा दशैँको  अवसरमा मंगलवार टिका-जमरा एवम् शुभकामना आदान प्रदान सहित प्रसाद वितरण गरेर दशैँ मनाएका हुन्।

नमित अरोरा क्लास्सेस  प्राङ्गणमा भएको उक्त कार्यक्रममा दिल्लीमा रहेको पशुपति नाथ मन्दिरका नेपाली पुजारी भट्टबाट टीका-जमरा वितरण तथा आशीर्वाद ग्रहण गरिएको थियो।

कार्यक्रममा  प्रवासमा रहेर पनि आफ्नो संस्कृति, परम्परा एवम् चाडपर्वहरूलाई माया गरिरहने प्रवासी नेपाली विद्यार्थीहरू, नेपाली सिएहरु,पूर्व सदस्यहरू तथा दिल्लीमा रहेका सिए विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो।

आफ्नो घर छोडेर सपनाको उडान भर्न आएका सबै प्रवासी विद्यार्थीहरूको निधार खाली नरहोस् र घर जत्तिकै सानिध्यता एवम् उल्लासता मनमा रहोस् भन्ने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले  टीका, जमरा एवम् प्रसाद ग्रहण गरेका थिए । उपस्थित नेपाली पारिवारिक माहोलमा एक९अर्कासँग खुसी एवम् शुभकामना आदान प्रदान गरेका थिए।

कार्यक्रमलाई उत्कृष्ट एवम् सभ्य तरिकाले बढाउन एवम् सम्पन्न गर्न विभिन्न ढङ्गले ससहयोग गर्ने विभिन्न व्यक्ति विशेष, सङ्घसंस्था, व्यवसायी, र सम्पूर्ण सरोकारवालाहरू प्रति सो कार्यक्रम संयोजक र एघारौँ कार्यकालको सदस्य सुरेश भामले आभार प्रकट गरेका थिए । हातेमालो परिवारमा आएर धार्मिक सहिष्णुता बढाउने जगमा हिन्दुहरूको भनिने यो पर्वलाई आज नेपालीहरूको पर्व तुल्याउन आफू र हातेमालोको यो पाइलाले अहम् भूमिका निर्वाह गरेको अध्यक्ष रोशन यादवले  बताए।

घरबाट टाढा भए पनि कसैको निधार खाली नरहोस् भन्ने आशयले प्रत्येक दशैँमा हातेमालो नेपाली विद्यार्थी समूहले टीका९जमरा र प्रसाद ग्रहण कार्यक्रम आयोजना गर्दै आएको छ  ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *