बेलायतमा नेपाली महिला शुभेक्षा बुढाथोकीको हत्या
photo-LEICESTERSHIRE POLICE
काडामाडौँ । बेलायतको लेस्टरमा एक नेपाली महिलाकाे चक्कु प्रहार गरी हत्या गरिएको छ। ३२ वर्षीया शुभेक्षा बुढाथोकीको गएको मंगलबार आफ्नै घरमा हत्या भएको बीबीसीले जनाएको छ।
उनी त्यहाँ फतिमा नामले परिचित थिइन्। पोस्टमार्टम रिपोर्ट अनुसार बुढाथोकीको हत्या पटकपटक छुरा प्रहारबाट भएको प्रहरीले जनाएको छ।
उनको हत्याको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले एक २९ वर्षीय पुरुषलाई हत्या गरेको आरोपमा पक्राउ गरेको हो । त्यस्तै अर्का २९ वर्षीय पुरूष र ३३ वर्षीया महिलालाई उनको हत्या गर्न सहयोग गरेको आरोपमा पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment