डढेलोको कारण क्यालिफोर्नियामा १० लाख व्यक्ति विस्थापित

डिसी नेपाल
२५ असोज २०७६ १३:५४

लस एन्जेलस। दक्षिणी क्यालिफोर्नियामा लागेको डढेलोको कारण शुक्रवार १० लाख व्यक्ति विस्थापित भएका छन्।

दर्जनौं संरचना र घरहरू ध्वस्त पारेको यस डढेलो निभाउन केही दिन लाग्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ।

शुक्रबार साँझसम्म शक्तिशाली यस डढेलोबाट ३ हजार ५२ हेक्टर क्षेत्रसम्म फैलिएको बताइएको छ। यस डढेलोबाट कम्तीमा ३१ संरचनाहरु ध्वस्त भएको बताइएको छ।

यस आगलागीमा ५० बर्षीय एक व्यक्तिको हृदयघातबाट मृत्यु् भएको आगलागी नियन्त्रणका एक अधिकारीले जानकारी दिएका छन्।

यस डढेलोबाट कोही व्यक्ति घाइते भएका तत्काल समाचार प्राप्त भएको छैन्। तर अधिकारीहरूले त्यस क्षेत्रका घरहरू खाली गर्ने आदेश दिएका छन्। एएफपी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *