अमेरिकाको न्यूयोर्कमा गोली चल्यो, ४ जनाको मृत्यु ३ घाइते

डिसी नेपाल
२५ असोज २०७६ १८:४८

वाशिंगटन (एजेन्सी) । अमेरिकाको न्यूयोर्कमा गोली चलेको छ। गोली काण्डमा कम्तिमा ४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

अमेरिकाको न्यूयोर्क शहरको ब्रुकलीनस्थित ७४ यूटिका एभिन्यूमा यो घटना भएको न्यूयोर्क सिटी प्रहरीले जनाएको छ। घटनाबारे थप विवरणहरु भने आइसकेका छैनन्।

अमेरिकामा यसप्रकारका गोली काण्डहरु बढिरहेका छन्। लगातार गोली काण्डहरु भएपछि त्यहाँ घरमा हतियार राख्न पाउने कानुनमा सुधार गर्नुपर्ने आवाजसमेत उठेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *