रामेछाप-दोहा सम्पर्क समाजद्वारा पीडित परिवारलाई आर्थिक सहयोग
दोहा । रामेछाप-दोहा सम्पर्क समाजद्वारा पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ।
रामेछाप जिल्ला मन्थली नगरपालिका ६ का ३२ वर्षीया कविता शाहीको श्रीमान् र ससुरा दुवै जनाको मृत्यु भएको हुँदा उनको परिवारमा आम्दानीको कुनै श्रोत नभएको र गरी खाने खेतबारी समेत नभएको हुँदा उनलाई सहयोग गरेको हो।
आफूलगायत वृद्धा सासु ४ बालबालिका गरी ६ जना परिवारको दैनिक जीवन चलाउन र बाल बच्चाको पढाई लेखाई तथा स्वास्थ्य उपचारमा कठिन भएको हुनाले रामेछाप दोहा सम्पर्क समाज समक्ष आर्थिक सहयोगको निवेदन पेश भइ आएकोले सहयोग गरेको रामेछाप–दोहा सम्पर्क समाजले जनाएको छ।
पीडित परिवारलाई मिति २०१९/१०/१२ का दिन नेपालबाट विशेष पहल गरी दिने रामेछाप दोहा सम्पर्क समाजका पूर्व उपाध्यक्ष यम बहादुर वि.क को नाममा नेपाली रुपैयाँ चालीस हजार सात सय साठी रुपैयाँ पठाएको जनाएको छ।
साथै यस समस्यामा परेका परिवारलाई सहयोग गरी दिनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहीनीलाई यस रामेछाप दोहा सम्पर्क समाजको तर्फबाट हार्दिक धन्यावाद दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment