जन्मिएको केही मिनेटमै मृत्यु भएकी छोरीलाई गाड्न खोज्दा जिउँदै शिशु फेला परेपछि…

डिसी नेपाल
२७ असोज २०७६ १६:५३
4
Shares

एजेन्सी। उत्तरी भारतमा जिउँदै गाडिएको अवस्थामा एक नवजात शिशु फेला परेको छ।

त्यहाँको स्थानीय प्रमुख प्रहरीका अनुसार उक्त शिशुलाई एक गाउँलेले फेला पारेका हुन्।

बीबीसीमा उल्लेख गरिएको समाचारका अनुसार जन्मिएको केही मिनेटमा मृत्यु भएको आफ्नो छोरीलाई गाड्न चिहान खन्ने क्रममा ती गाउँलेले अर्की जिउँदै शिुश फेला पारेका हुन्।

ती शिशु बालिका रहेको बीबीसीमा जनाइएको छ। जसलाई ३ फिट जमिन मुनि माटोको भाडोमा राखिएको थियो। बालिका फेला पर्नासाथ अस्पताल लगिएको छ र अहिले उनको उपचार भइरहेको बीबीसीले जनाएको छ।

यो घट्नासँगै प्रहरीले अनुसन्धान थालेको छ र बालिकाको परिवारको ब्यापक खोजी भइरहेको छ। प्रहरीका अनुसार परिवारकै सहमतिमा यो घट्ना घटाइएको अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *