काठमाडौँमा ८१ देशका एनआरएनहरुको घुइँचो

डिसी नेपाल
२७ असोज २०७६ १६:५३

काठमाडौं । १५ तारिख अर्थात मंगलबारदेखि गैर आवासीय नेपाली संघ (एनआरएनए)को ९ औं विश्व सम्मेलन राजधानी काठमाडौंमा हुँदैछ ।

सम्मेलनका लागि विश्वभर छरिएर रहेका एनआरएनएहरु काठमाडौंमा ओर्लिसकेका छन् । काठमाडौंका अधिकांश होटल एनआरएनले भरिभराउ छन् ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारासहित हुन लागेको सम्मेलनको राष्ट्रिपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् । राजधानीको हायात रिजेन्सीमा ३ दिनसम्म चल्ने सम्मेलनमा विश्वका ८१ मुलुकमा रहेका झण्डै २ हजार ५ सय एनआरएनए प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

मतदानका लागि नाम दर्ता गराउन एनआरएनए सचिवालयमा घुइँचो लागेको छ । चारदिन अघिदेखि नामदर्ता प्रक्रिया सुरु भएको आज अन्तिम दिन पनि एनआरएनए सचिवालयमा त्यस्तै दृश्य देखियो । जसलाई हामीले क्यामेरामा उतार्ने प्रयास गरेका छौं ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *