अमेरिकामा नेपाली जनसम्पर्क समितिको शुभकामना तथा जलपान कार्यक्रम

डिसी नेपाल
२८ असोज २०७६ ७:५३

ज्याक्सन्हाईट, न्यूयोर्क । नेपाली कांग्रेसको भातृ संस्था नेपाली जन सम्पर्क समिति न्युयोर्क च्याप्टरले अक्टोबर १३ मा ज्याक्सन्हाईट, न्यूयोर्क स्थित हाम्रो भान्छा घर रेष्टुरेन्टमा शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रम आयोजना गरेको हो ।

नेपालमा नेपाली कांग्रेसले पार्टीले दशैँ र तिहारकोबीचको समयमा बर्षेनी भेट्घाट तथा जलपान गर्ने गर्दछ। आफ्ना पार्टी लगायत बिभिन्न अन्य पार्टी तथा बिभिन्न ब्यकतित्वहरुलाइ आमन्त्रण गरी यो कार्यक्रम परंपराको रुपमा पार्टिले गर्दै आएको छ ।

कांग्रेसको यही परम्परालाइ निरन्तरता दिँदै जनसम्पर्क समिति न्युयोर्क च्याप्टरले पनि यो कार्यक्रम बर्सेनी गर्दै आएको सभापति रोशन ढुंगानाले बताएका छन् । यस्तो कार्यक्रममा साथिभाइ भेट्घाट हुने हुनाले बिबिध बिषयमा एकापसमा बिचार आदान प्रदान हुने सुनौलो अवसर र पार्टीका क्रियाकलापबारे पनि जान्ने बुझने अवसर मिल्द्छ ।

दिउँसो २ बजे देख ६ बजेसम्म चलेको कार्यक्रममा कांग्रेस रुपन्देही जिल्लाकि कांगेस कार्यबाहक सभापती मनोरमा शेरचन जसस केन्दृय महासचिव मुनेन्द्र नेमवाङ, च्यापटरका उपसभापती अ्मर तामाङ् र सचिव अनिल पाँडे, हरिश चन्द्र हमाल, मकेन्द्र सिंह, बिष्णु सिंह, कल्पना घिमिरे, दिवाकर बागचन्द, नेवानखका सभापती बिष्णुमान प्रधान, मोहन श्रेष्ठ्, एन आर एनका रामहरी अधिकारी लगायत अन्य बिभिन्न ब्य्तक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *