ट्युनिशियाको राष्ट्रपतिमा स्वतन्त्र उम्मेदवार सैयद निर्वाचित

डिसी नेपाल
२९ असोज २०७६ ६:०८

ट्युनिस । ट्युनिसियामा राष्ट्रपतिका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार काइस सैयद निर्वाचित भएका छन् । उनले ७२.७१ प्रतिशत प्राप्त गरी विजय भएको ट्युनिशियाको निर्वाचन आयोग (आइएसआइई) लाई उद्धृत गरी अलजजीराले मङ्गलबार जनाएको छ।

दोस्रो चरणको निर्वाचनमा राष्ट्रपतिमा सैयदले २७ लाख मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नाबिल कारौईले १० लाखको हाराहारीमा मत प्राप्त गरेका थिए ।

राष्ट्रपतिमा निर्वाचित भएको सूचनापछि ६१ बर्षीय सैयदले भने, “ट्युनिसियाली जनताले विश्वलाई क्रान्तिको नयाँ परिभाषा दिएको छ।” “जनताले मलाई दिएको विश्वासलाई भ्रष्टाचार विरूद्ध लड्न र विकेन्द्रीकरणलाई प्रोत्साहन गरी ट्युनिशियाको विकासमा लगाउने छु।”

सैयद कुनै दलसँग आवद्ध छैनन् र उनीसँग दलीय राजनीतिको अनुभव छैन तर उनको भ्रष्टाचारविरोधी नारालाई ट्युनिशियाली जनताले विश्वास गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *