गायक रोकेश गुरुङकी ‘परी’ बनिन् नायिका प्रियंका कार्की (भिडियो)

डिसी नेपाल
२९ असोज २०७६ १८:४५

काठमाडौं । गायक रोकेश गुरुङको आवाजमा सजिएको नयाँ गीत सार्वजनिक गरिएको छ।

नेपालीहरुको महान चाँड बडा दशैँ र तिहारको उपहार स्वरुप नयाँ नेपाली गीत ‘परी’ सार्वजनिक गरेका हुन्। यो गीत उनको एल्बम “माया” भित्रका एक हुन्।

सार्वजनिक यस गीतमा गायक गुरुङको आफ्नै शब्द संगीत रहेको छ भने गीतका म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्कीलाई फिर्चड गरिएको छ। प्रियंकालाई यस गीतमा परीको संज्ञा दिइएको छ।

यस गीतमा कन्सेप्ट र निर्देशन पनि स्वयं रोकेश गुरुङलेगरेका छन् भने उनलाई यसमा साथ दिएका छन् कुन्चक शेर्पाले।

दिवश गुरुङको साउण्ड र मिक्सिङ गरेका छन्। गीतलाई नाम्गेल लामा तथा लामा एकाउन्टिङले स्पोन्सर गरेका छन्।

(हेर्नुहोस् भिडियो)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *