सुडानमा देशव्यापी युद्धबिरामको घोषणा

डिसी नेपाल
३० असोज २०७६ ६:३८

सुडान । सुडानमा बुधबारदेखि देशव्यापी युद्धबिरामको घोषणा गरिएको छ । सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधानअनुसार बुधबार देशको सवै ठाउँमा लागू हुनेगरी युद्धबिराम घोषणा गरेका हुन् ।

“सुडानमा शान्ति स्थापनाका लागि सहयोग पुग्नेगरी वातावरण बन्ने विश्वासका साथ संविधानअनुसार युद्धबिरामको घोषणा गरिएको हो,” परिषद्का अध्यक्षद्वारा जारी घोषणामा उल्लेख गरिएको छ।

उनको घोषणा जारी भएसँगै लागू भएको मानिने व्यवस्था रहेककाले बुधबारदेखि नै लागू भएको छ। दक्षिणी सुडानको राजधानी जाबामा वार्ताको प्रयास भइरहेका बेला युद्धबिरामको घोषणा भएको हो।

सुडानको सरकारी पक्ष र विद्रोही तथा शसस्त्र समूहहरूका बीचमा वार्ताको प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन्। सुडानमा लामो समयदेखि विभिन्न समूहहरूसँग सरकारको द्वन्द्व चलिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *