पाँचवटी श्रीमतीको खर्च धान्न नसकेपछि…

डिसी नेपाल
३० असोज २०७६ १०:४१

काठमाडौं। पाँचवटी श्रीमती विवाह गरेका एक व्यक्तिले ती श्रीमतीहरुको खर्च धान्न नसकेपछि ठगी गर्न थालेको खुलासा भएको छ । भारतको मध्यप्रदेश पुलिसको स्पेशल टास्क फोर्स (एसटिएफ)ले बुधबार यसको खुलासा गरेको आज तकको समाचारमा उल्लेख छ । अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा नर्सको जागिर दिलाइदिने नाममा ठगी गर्ने गिरोहलाई एसटिएफले पक्राउ गरेको हो ।

एसटिएफले गिरोहका नाइके जबलपुरका दिलशाद खान र ओपालका आलोक कुमार बामनेलाई पक्राउ गरेको हो । एसटिएफका एडिजी अशोक कुमार अवस्थीका अनुसार यो गिरोहले एम्समा नर्सको जागिर दिलाइदिने नाममा अहिलेसम्म ५० भन्दा बढी युवतीबाट लाखौं ठगी गरिसकेको छ । अवस्थीका अनुसार गिरोहका नाइके दिलशाद खानकी पाँच श्रीमती छन् । उनीहरुको रहनसहन र ठूलो खर्च धान्न नसकेपछि दिलशादले ठगीको कालो धन्दा सुरु गरेका थिए ।

सोधपुछमा खुलासा भएअनुसार दिलशादकी एउटी श्रीमती जबलपुरमा निजी क्लिनिक चलाउँछिन् भने उनका साथी आलोककी श्रमिती सरकारी गर्ल्स होस्टेलमा सुपेरिटेन्डेन्ट छिन् । यी दुई महिलाको अहिलेसम्म ठगीमा हात भएको प्रमाण भेटिएको छैन तर उनीहरुको भूमिकाको विषयमा अनुसन्धान भइरहेको छ । एसटिएफका अनुसार गिररोहको निशानामा पढेलेखेका युवती हुन्थे जो जागिरको खोजीमा हुन्थे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *