‘जापानी सम्राटको शुभराज्याभिषेक स्थगित हुन सक्छ’

डिसी नेपाल
३० असोज २०७६ १२:५२

टोकियो । जापान सरकारले सम्राट नारुहितोको शुभराज्याभिषेक समारोह स्थगित गर्नेतर्फ विचार गरिरहेको जापानको सरकारी टेलिभिजन एनएचकेले बिहीबार जनाएको छ।

“हागिबिस” नाम दिइएको आँधीका कारण जापानमा व्यापक जनधनको क्षति भएका कारण निर्धारित मितिमा शुभराज्याभिषेक हुन कठिन रहेको सरकारी अधिकारीहरुको भनाई उद्धृत गर्दै एनएचकेले समाचार प्रशारण गरेको छ।

आँधीका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने अरु केही व्यक्ति अझै बेपत्ता छन्। सरकारले खोज तथा उद्धारको कार्य जारी राखेको छ। जापान सरकारले यही अक्टोबर २२ का लागि शुभराज्यभिषेकको मिति तय गरेको थियो। राज्यभिषेकका अवसरमा विदेशी विशिष्ट पाहुनाहरुलाई आमन्त्रण गरिएको छ।

एनएचकेका अनुसार अहिले सरकारको मुख्य प्राथमिकता नै राहत र उद्धारमा केन्द्रित रहेकाले अक्टोबर २२ को कार्यक्रम स्थगित गर्न सरकारले तयारी गरिरहेको छ।

एएफपीले उक्त विषयमा शुभराज्यभिषेक आयोजक समितिसँग राखेको जिज्ञासामा यस बारेमा केही निर्णय भैनसकेकाले केही बताउन नसकिने जनाएका छन्। जापानी सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि छोरा नारुहितोलाई गत वर्ष जापानी सम्राट घोषणा गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *