सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुङ टिभी उपहार

डिसी नेपाल
३० असोज २०७६ १३:२५

कुवेत । कुवेतमा सिटी एक्सप्रेस प्रमुख आयोजक भएको कार्यक्रममा एक नेपालीले ३२ इन्चको सामसुङ टिभी उपहार पाएका छन् । “सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत संगीतिक धमाका २०१९” मा सिटी एक्सप्रेस मनिट्रान्सफर प्रमुख आयोजक भई सेप्टेम्बर २० का दिन माब्वाईज स्काउट एसोसीएसनहलहवाली, कुवेतमा गरेको कार्यक्रमबाट जय बहादुर थापाले ३२ इन्चको टिभी उपहार पाएका हुन् ।

कार्यक्रमलाई रोमान्चक बनाउन सिटी एक्सप्रेसले उपस्थित भएका दर्शकहरुमा लक्की ड्र सञ्चालन गरेको थियो । थापालाई सोही लक्की ड्र मा उक्त टिभी परेको हो । सोेहि कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदानगरिएको थियो ।

८ सय भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागी रहेको कार्यक्रममा नेपाल आइडल सिजन २ का बिजेता रवी ओड र कलाकार चक्र बमले विशेष प्रस्तुती दिएका थिए । नेपालका लागि सामसुङ उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. ले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्नमिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफरसँग साझेदारी गरेको छ ।

सम्झैताअनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोहि देश बराबरकोएमआरपीमा टिभी खरिद गर्न सक्नेछन् । यो इनिशिएसन जुलाई १, २०१९ बाट प्रारम्भ भएको हो । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्नप्रोत्साहीतगर्न यस्तो इनिशिएसन गरेको हो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानीप्रदानगर्दै आइरहेको छ। सिटी एक्सप्रेसले कुवेत स्थित अलअन्सरी एक्सचेन्ज, अलमुजैनी एक्सचेन्ज र बिइसीसँग बिप्रेषण सहकार्य गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *