नोबेल पुरस्कार विजेताले गरिब विद्यार्थीलाई पढाउने

डिसी नेपाल
१ कार्तिक २०७६ ५:५७

देहरादुन । नोबेल पुरस्कार विजेता भारतीय मुलका अमेरिकी अर्थशास्त्री अभिजीत वनर्जीले गरीब दुई विद्यार्थीलाई पढाउने प्रतिवद्धता जनाएका छन् । वनर्जीले जोगिवालामा गरिब दुई विद्यार्थीलाई विद्यालय शिक्षाका लागि सहयोग गर्ने बताएका हुन् ।

पुरस्कार छनोट समितिले उनलाई केही दिन अगाडि मात्रै अर्थशास्त्रतर्फको यस बर्षको नोबेल पुरस्कार दिने निर्णय भएको घोषणा गरेको थियो । विवेकानन्द विद्यालय देहरादुनका विद्यार्थीद्वय आर्यन थापा र अमान डोब्र्याललाई निःशुल्क छात्रवृत्तिको व्यवस्था उनले गरेका हुन् ।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री वनर्जीले गत तीन बर्ष अगाडि असामयीक निधन भएको आफ्नो छोराको नाममा स्थापना गरेको कवीर स्मृति छात्रवृत्ति उनीहरूलाई उपलब्ध गराउने बताए ।

शिक्षा आर्जनका लागि आफूहरूलाई सहयोग गर्ने घोषणा गरेकोमा नोबेल पुरस्कार विजेता बनर्जीलाई दुई विद्यार्थीले धन्यवाद व्यक्त गरेका छन् । पुरस्कार विजेता वनर्जी ती विद्यार्थीले पढ्दै आएको विवेकानन्द विद्यालयसँग लामो समयदेखि सम्वन्धित छन् । उनि त्यस विद्यालयको संस्थापक पनि हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *