कमल के क्षेत्रीको ‘तिहार गीत’मा मिस्टर डीको र्याप

डिसी नेपाल
१० कार्तिक २०७६ १४:३८

काठमाडौं । अहिले देश तिहारमय बनेको छ । आज तिहारको तेस्रो दिन । बिहान देशभर कुकुरलाई पुजा गरेर कुकुर तिहार मनाइएको छ ।

भने साँझ लक्ष्मी पूजा परेको छ । तिहार भन्ने बित्तिकै देउसी भैलोको पनि सम्झना आउँछ । अजदेखि देउसी भैलो पनि सुरु भएको छ ।

केही दिन अघिदेखि देउसी भैलोलाई लीएर विभिन्न गीतहरु बजारमा आइरहेका छन् । यहि गीतहरुको भिडमा गायक कमल के क्षेत्रीको पनि देउसी भैलोको गीत बजारमा आएको छ ।

स्वर, शब्द तथा रचना कमलकै भएको ‘शुभ तिहार’ बोलको गीतमा पछिल्लो समयका चर्चित र्यापर मिस्टर डीले र्याप गाएका छन् ।

गीतमा सुमन्ज तामाङको संगीत रहेको छ । भने, गीतको भिडियोमा तामाङकै छायांकन, सम्पादन र निर्देशन रहेको छ ।

गीतको भिडियो गायक कमल के क्षेत्रीको युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *