१६ घण्टादेखि सिङ्गो देश यी बालकलाई बचाउन जुटिरहेको छ, प्रधानमन्त्री मोदीले यस्तो भने

डिसी नेपाल
११ कार्तिक २०७६ १९:२४

एजेन्सी। भारतको तमिलनाडुको त्रिची शहरको नादुकाटपट्टी गाउँमा दुई वर्षीय सुजित विल्सन शुक्रबार साँझ घरको पछाडि बोरवेलमा एक्कासि खस्न पुगे। निकै गहिराईमा खसेका सुजितलाई बचाउन परिवारले पुलिस र दमकल विभागलाई तत्काल खबर गरे । त्यसको लगत्तै उनलाई बचाउने प्रयास साँझ छ बजेदेखि सुरु भयो ।

प्रहरी, दमकल विभाग र स्थानीयवासीहरुको सक्रियतामा बच्चालाई पहिले अक्सिजन प्रदान गरिएको छ । त्यसलगत्तै राष्ट्रिय विपत्ति विभागको फोर्सले बच्चाको अवस्था ट्र्याक गर्न बोरवेलमा सीसी क्यामेरा जडान गरेको छ । भारतका एनडीआरएफ र राज्य प्रकोप व्यवस्थापन बलका टोलीहरू पनि सुजितलाई बचाउन सक्रिय छन् ।

घटनालगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बालक सुजितलाई जसरी पनि बचाउन खटिरहेको टोलीसँग आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘मेरा प्रार्थनाहरू बहादुर सुजित विल्सनसँग छन्। सुजितलाई बचाउनको लागि चलिरहेको उद्धार अभियानको बारेमा मैले मुख्यमन्त्रीसँग कुरा गरेको छु। उनको रक्षाको लागि हर प्रयास भइरहेको छ।’

स्वास्थ्य राज्यमन्त्री विजय भास्करका अनुसार सुजितको हात पहिले देखिन्थ्यो। त्यसैले उद्धारकर्ताहरूले उनको हात डोरीले बाँध्न खोजे जुन असफल भएको छ । त्यसपछि अन्य प्रयासहरू पनि भए तर अहिलेसम्म कुनै सफलता हासिल हुन सकेको छैन। मन्त्री विजयभास्कर शनिबार बिहान दुर्घटनास्थल आइपुगेका छन् । उनले उद्धारकर्ता र सुजितका अभिभावकसँग पनि भेट गरेका छन् । उनले बालकलाई बचाउने अहिलेसम्मको प्रयास असफल भएपनि बचाउने अर्को उपायतर्फ लागिएको बताए । ‘उद्धार एनडीआरएफ र दमकल विभागका कर्मचारीहरूले सुजितलाई तान्न खोजे तर उनी चट्टान बीचमा फसे। हामी उनलाई बचाउन अर्को प्रविधि प्रयोग गर्दैछौं’ उनले भने।

एनडीआरएफ टोलीले सीसीटीभी मेशिनमार्फत पनि बच्चालाई बाहिर निकाल्ने प्रयास गरिरहेको छ । अहिले फेरि अधिकारीहरूले बोरवेलसँग समानान्तर खाडल खन्ने र बच्चाको उद्धार गर्ने निर्णय गरेका छन् । शनिबार मध्यरातबाटै खाडल खन्ने मेसिनले काम गर्न सुरु गरिसकेको छ । खाडल खन्न सुरु गरेको पहिलो मेसिनले केही घण्टा काम गरेपनि त्यो बिग्रिएपछि दोस्रो मेसिनले खाडल खन्ने काम गरिरहेको छ ।

आइतवार तमिलनाडुका उपमुख्यमन्त्रीले पनि उद्धार कार्यको विषयमा चासो राखेका छन् । उनले भने, ‘उद्धारकर्ताले अहिलेसम्म ३५ फिट उत्खनन् गरिसकेका छन्, ४५ फिट उत्खनन गर्न बाँकी छ । बोरवेल पानीको लागि खनिएको रहेछ। पानी नभएका कारण तिनीहरूले बन्द गरेका रहेछन् । पछिल्लो वर्षा पछि त्यतिकै छाडिएको बोरवेलको ढकनी हटाइएका कारण बच्चा त्यसमा खसेको पाइएको छ ।’

दोस्रो मेसिनले एक मिटर व्यासको खाल्डो खनेको छ। उद्धारकर्ताहरूले अब यसैको माध्यामबाट बालकलाई बचाउन सकिनेमा आशावादी देखिएका छन् । सरकारी अधिकारी राधा कृष्णनले सोमबार बिहान भने, उद्धार कार्य जारी रहन्छ । वर्षामा पनि उद्धार कार्यहरू जारी रहनेछ ।

सुजित ८८ फिटको गहिराइमा फसेका छन् । हामीले ४० फिट खनिसकेका छौ । यदि हामीले यहि गतिमा उत्खनन गरिरह्यौं भने त्यहाँ पुग्न १२ घण्टा लाग्नेछ ।’ भारतका धेरै अधिकारीहरू, राजनीतिज्ञ र सेलेब्रेटीहरूले सुजितलाई बचाउनका लागि सोशल मिडियामा प्रार्थना गरिरहेका छन् ।




प्रतिक्रिया

2 thoughts on “१६ घण्टादेखि सिङ्गो देश यी बालकलाई बचाउन जुटिरहेको छ, प्रधानमन्त्री मोदीले यस्तो भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *