अति सुख्खाका कारण अंगोलामा ५ लाख बढी मानिस खाद्य संकटमा
लुआन्डा । अफ्रिकी मुलुक अंगोलामा विषम सुख्खाका कारण पाँच लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको सामना गर्नुपर्ने देखिएको सरकारले जनाएको छ।
अंगोला सरकारका खाद्य सुरक्षासम्बन्धी विभागका प्रमुख अर्मेलिण्डा कालिङ्गेद्वारा मंगलबार जारी विज्ञप्तिमा यस समस्यासँग जुध्न सरकारले नयाँ नीति एवं कार्यक्रम अगाडि सारेको बताइएको छ।
कालिङ्गेले दश लाखमध्ये दुई लाखभन्दा बढी मानिस विशेष रुपमा खतरनाक अवस्थामा रहेको जानकारी दिएका छन्।
अंगोलाका धेरै प्रान्तमा यस वर्ष लगातारको सुख्खाले बालीनालीमा असर परेको छ। पानीका स्रोतहरु सुक्ने तथा पशुपालनमा समेत ठूलो भएको सरकारको भनाई छ। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment