जापानमा नेपाली युवा सन्दीप एक वर्षदेखि सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह
काठमाडौं। जापान पूगेका एक नेपाली युवा सम्पर्कविहीन भएका छन्। स्याङजा चापाकोट नगरपालिका–१ खोलागाउँका २२ वर्षीय सन्दीप कोइराला झण्डै एक वर्षदेखि परिवारसँग सम्पर्कविहीन भएका हुन्।
गत २०७२ साल चैत्र २९ गते जापान गएका उनी शुरुमा कुरुमे किताक्युस्युमा रहेको ओहारा जिदोस्या कलेजमा अध्ययनरत थिए। सन्दीप ०७५ मंसिर १७ गतेदेखि परिवारको सम्पर्कमा नरहेको उनका पिता भूमिप्रसाद कोइराला डिसी नेपाललाई जानकारी दिए।
सम्पर्कविहीन रहेका छोरा सन्दीपलाई खोजी गरिदिन परिवारले एनआरएनए क्युसुका संयोजक देवराज उप्रेतीलाई आग्रह गरेको छ।
सन्दीपलाई फेला पारेमा एनआरएनए क्युस्यु अथवा जापान प्रहरीमा जानकारी दिन संयोजक उप्रेतीले जानकारी दिए।
उनले जापान प्रहरीसम्म सम्पर्कविहीन सन्दीपको बारेमा जानकारी दिनेसमेत बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment