चौँथो पटक मन्त्रीपरिषद् हेरफेर
अम्मन । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले बिहीबार प्रधानमन्त्री ओमर राज्जाज नेतृत्वको मन्त्रीपरिषद्मा हेरफेर गरेका छन् ।
नयाँ मन्त्रीहरुलाई उनले पद तथा गोपनीयताको सपथ ग्रहण पनि गराई सक्नुभएको अधिकारीहरुले जानकारी दिएका छन्।
उनले अर्थमन्त्रीमा मोहम्मद इस्सीज, सञ्चार मामिलामन्त्रीमा अम्जाद अडायलेह र योजना तथा अन्तर्राष्ट्रिय सहकार्यमन्त्रीमा विसाम अल रबादीलाई नियुक्त गरेका हुन् ।
राज दरबारद्वारा जारी वक्तव्यमा इब्राहिम साहडेहलाई कृषि मन्त्रालयको र सालेह खाराब्शेहलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।
सन् २०१८ मा राज्जाजको नेतृत्वमा सरकार गठन भएपछि अहिले यो चौथो पटक मन्त्री परिषद्मा हेरफेर गरिएको हो।
तत्कालिन प्रधानमन्त्री हानी मुल्कीले राजिनामा दिएपछि राज्जाजको नेतृत्वमा जोर्डनमा नयाँ सरकार गठन गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment