हङकङमा साना तथा मझौला उद्योगलाई ६० हजार डलर राहत बाडिँदै

डिसी नेपाल
२२ कार्तिक २०७६ १४:२४

काठमाडौं ।  हङकङमा साना तथा मझौला उद्योगलाई ६० हजार डलर राहत प्रदान गरिने भएको छ । त्यहाँका धनाढ्य लि का सिङले आफ्नो फाउन्डेसन मार्फत उक्त रकम बाँड्न लागेका हुन् ।

हङकङमा अहिले चलिरहेको सरकारविरुद्धको आन्दोलनले आर्थिक संकट चलिरहेका बेला मझौला र साना खाद्य तथा पेय पदार्थ उद्योगलाई धनाढ्य लि का सिङले राहत बाँड्न लागेका हुन् ।

फाउन्डेसनले राहत कोषको वितरणको लागि शुक्रबारदेखि आवेदन खुल्ला गरेको छ।

राहतका लागि अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । फाउन्डेसनले आवेदन आगामी १७ तारिखसम्म दिन सकिने जनाएको छ।

आवेदन दिइएका मध्ये योग्य मानिएकाहरूलाई २६ नोभेम्बरबाट उक्त रकम प्रदान गरिने भएको छ ।

हङकङमा थुप्रै नेपालीले होटेल तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दे आएका छन् । धनाढ्य लि का सिङको फाउन्डेसनले बाँड्न लागेको यो राहतको लाभ त्यहाँ रहेका नेपाली व्यवसायीहरूले पनि लिने भएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *