भारतको नयाँ नक्साप्रति नेपाली समाज अष्ट्रेलियाको गम्भीर ध्यानाकर्षण

डिसी नेपाल
२२ कार्तिक २०७६ २०:१५

सिड्नी, अष्ट्रेलिया । भारतले नेपाली भूमी मिचेर राजनैतिक नामको नक्सा प्रकाशन गरेको प्रति नेपाली समाज, अष्ट्रेलियाले गम्भीर ध्यानाकर्षण भएको जनाएको जनाएको छ।

समाजवादी पार्टी, नेपालको प्रवास संगठन नेपाली समाज अष्ट्रेलियाले आज एक विज्ञप्ती प्रकाशित गर्दै भारतले कालापानी, लिपुलेख र लिम्पियाधुरा मिचेर जारी गरेको राजनैतिक नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

समाजका अध्यक्ष गणेश तामाङ र महासचिव सन्तोष आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “देश लुटिएको दुखद् घडीमा तत्काल भारतीय पक्षसँग छलफल गरी समस्याको निकास खोज्न हामी सरकारसँग जोडदार माग गर्दछौँ, साथै २ तिहाईको दुई तिहाई दिने सरकारलाई परराष्ट्र नीति सम्बन्धमा तत्काल सर्वपक्षिय भेला गरी सोही अनुसार देशको नीति लागु गर्न सुझाब दिन चाहन्छौँ।”

साथै देश तथा विदेशमा रहने सम्पूर्ण नेपाली समुदायलाई देशको सिमा मिचिएको विरोधमा एक हुन अनुरोध गर्दै भारतीय दादागिरी र मिचाह प्रवृत्तिको घोर भत्र्सना गर्दछौँ।

भारतले गत शनिबार राजनैतिक नक्सा भन्दै नेपाली भूमी कालापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो देशमा राखेर नयाँ नक्सा सार्बजनिक गरेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *