बाध्यताले विदेशिने युवाहरुको पीडामा ‘पसिना’ [भिडियो]

डिसी नेपाल
२४ कार्तिक २०७६ ११:३५

काठमाडौं। तथ्याङ्कका अनुसार दैनिक १ हजार ५ सयभन्दा बढी नेपाली युवाहरु बिदेशिन्छन्। कोही रहरले विदेशिन्छन्, कोही बाध्यताले। विदेशिनेमध्ये प्रमुख कारण हो, बाध्यता।

स्वदेशमा रोजगारीको समुचित अवसर छैन्। केही काम गर्न खोज्यो सफलता मिल्दैन्। वर्षभरी काम गर्दा पेट पाल्न नै धौ–धौ हुन्छ। गाउँमै केही काम गर्न खोज्यो कुरा काट्ने प्रवृत्ति उस्तै ब्याप्त छ।

यस्तै–यस्तै समस्याले लाखौं नेपाली युवाहरु वैदेशिक रोजगारीको जञ्जिरमा बाँधिन बाध्य छन्। वैदेशिक रोजगारमा गएका सबैले पैसा कमाएर मात्र फर्किँदैनन्। कोही अपाङग भएर फर्किन्छन् त कोहीले परदेशमै प्राण त्याग गर्छन्।  यस्तै वाध्यताले विदेशिने युवाहरुको भाव बोकेको लोकगीत हो, –‘पसिना’। जुन गीत शनिबारमात्रै सार्वजनिक गरिएको छ।

पुरुषोत्तम गैरेको शब्द, संगीत तथा स्वरमा रहेको यस गीतमा वाध्यताले विदेशिने युवाहरुको भावनालाई मार्मीक ढंगले प्रस्तुत गरिएको छ। गीतमा पुरुषोत्तमसंगै सुरेश रमण अधिकारी र सुमन गैरेले स्वर दिएका छन्। शुभतारा म्युजिक प्रा.लिको प्रस्तुतिमा अनन्त न्यौपानेले गीतलाई प्रस्तुत गरेका हुन्।

गायक तथा सर्जक पुरुषोत्तम गैरेकै निर्देशनमा बनेको भिडियोमा अनन्त न्यौपाने, सिर्जना मश्राङ्गी, लोक लुइँटेल, सुमन गैरे लगायतले अभिनय गरेका छन्।

सन्तोष बस्यालको छायांकन रहेको भिडियो विकास धमलाले सम्पादन गरेका हुन्।

भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *