एनपीपीएले २८ औं वार्षिकोत्सव तथा नेपाल संवत ११४० धुमधामका साथ मनायो

डिसी नेपाल
२४ कार्तिक २०७६ २२:०२

वाशिङ्टन डिसी। अमेरिकामा रहेका नेवारहरुको समुदाय नेपाः पासा पुचः अमेरिकाय् (एनपीपीए) ले आफ्नो २८ औं वार्षिकोत्सव तथा नेपाल संवत ११४० धुमधामका साथ मनाएको छ।

एनपीपीएले नोभेम्बर ९ तारिख शनिबारको दिन आफ्नो २८ औं वार्षिकोत्सव तथा नेपाल संवत ११४० को अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको हो। सो अवसरमा विभिद कार्यक्रम आयोजना गरेर भव्य रुपमा नेपाल संवत मनाइएको हो।

शनिबार दिउँसो २ बजे शुरु भएको कार्यक्रम बेलुका १० बजेसम्म चलेको थियो। कार्यक्रममा डिसी, मेरिल्याण्ड, भर्जिनियालगायतका क्षेत्रमा रहेका नेपाली समूदायको बाक्लो उपस्थिति रहेको थियो।

सो अवसरमा उत्कृष्ट नेवारी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि थिए एच बी भण्डारी । भण्डारी अमेरिकाको मेरील्याण्ड राज्यको विधान सभा सदस्य तथा मेरील्याण्ड डेमोक्रयाटिक पार्टीका केन्द्रीय सदस्य हुन्।

२८ वर्ष अघि स्थापित नेपाः पासा पुचः अमेरिकाय्ले अमेरिकामा बसोबास गरिरहेका नेपाली समूदायका सबै सदस्यहरुलाई नेपाल संवत ११४० तथा एनपीपीएको २८ औं वार्षिकोत्सव धुमधामका साथ मनाउन आग्रह गरेको थियो ।

नेपाल संवत नेवार समुदायमा भिन्तुनाले परिचित छ । भिन्तुनाको अर्थ स्वागतम् भन्ने पनि बुझिन्छ । नेपाल संवत अर्थात् भिन्तुना नेवार समुदायको विशेष चाड हो।

यो वर्षको कार्यक्रमलाई विशेष बनाउन नेपालका ख्यातीप्राप्त गायक नरेन्द्र प्यासीको साथमा प्रजीत श्रेष्ठ, प्रमोद उपाध्य, उत्तम श्रेष्ठ लगायतले दमदार प्रस्तुति दिएका थिए।

त्यस्तै कायैक्रममा सबैको सहभागितालाई सहज बनाउन www.nppa-usa.org मार्फत छुट सहितको अनलाइन रजिस्टरको व्यवस्था गरिएको थियो । निश्चित शुल्क बुझाएर रजिष्टर भएकाले कार्यक्रममा समयबजी (लन्च), सुकुल भोज, ख्यातीप्राप्त कलाकारहरुको लाइभ प्रर्दशन लगायतको मज्जा लिन पाउने व्यवस्था गरिएको थियो।

विधिवत गणेश पूजाबाट शुरु भएको कार्यक्रम लगत्तै परम्परागत समयबजी लन्चको व्यवस्था गरिएको थियो। सँगै कार्यक्रमका सबै सहभागीबीच परिचय आदानप्रदान गरिएको थियो।

सो अवसरमा प्रस्तुत भिन्तुना प्रदर्शन सबैको आकर्षणको केन्द्र बनेको थियो। ख्यातिप्राप्त नेपाली कलाकारहरुको लाइभ सांगितिक प्रस्तुतिले त्यहाँ सहभागी सबै मन्त्रमुग्ध बनेका थिए।

कार्यक्रमका सहभागीहरुलाई आशनका लागि सुकुल व्यवस्था गरिँदा उनीहरुले नेपालमै भएको अनुभव गरेका थिए। अमेरिकामा समेत सुकुलमा बसेर नवारी परिकारको स्वाद लिनपाउँदा सहभागीहरु निकै खुशी देखिएका थिए।

कार्यक्रममा विभिन्न विधाका उत्कृष्टहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो।

कार्यक्रममा पुशपति–बुद्ध मन्दिरका तर्फबाट देउसी–भैलीको विशेष प्रस्तुतिसमेत प्रदर्शन गरिएको थियो।

यसका साथै नेपाः पासा पुचः अमेरिकायको निर्वाचन समितिले संस्थाको वर्तमान कार्य समितिले सन्तोषजनक काम गरेको मुल्यांकन गर्दै यही कार्य समितिलाई नै सन २०१९–२०२१ का लागि पुनः दुई वर्षका लागि चयन गरेको घेषणा गरेको छ ।

एनपीपीए नयाँ कार्य समिति यसप्रकार छः

Mr. Raju Joshee – President

Mr. Manohar Shrestha – Vice President I

Mr. Buddha Maharjan – Vice President – II

Ms. Kritishma Shrestha – General Secretary

Mr. Allan Maharjan – Treasurer

Mrs. Shanti Shrestha – Executive Member

Mrs. Magan Shrestha – Executive Member

Ms. SaritaDongol – Executive Member

Dr. Raju Tamot – Executive Member

Mrs. Sarana Shrestha – Executive Member

Mr. SumanTuladhar – Executive Member

Mr. NileshMaharjan – Graphic Design Manager

Mr. Anugh Shrestha – Information Technology Manager

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *