अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत दाहालले सम्हाले कार्यभार
क्यानबेरा । अष्ट्रेलियाका लागि नेपालका नवनियुक्त राजदूत महेशराज दाहालले आफ्नो कार्यभार सम्हालेका छन् । उनले नोभेम्बर ९ तारिख शनिबारदेखि क्यानबेरास्थित नेपाली दूतावासमा राजदूतको जिम्मेवारी सम्हालेका हुन्।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment