बोनम्यारो पीडित निर्मललाई ओमनबाट १ लाख २२ हजार सहयोग 

डिसी नेपाल
२६ कार्तिक २०७६ ११:५५

सललाह,ओमन। बोनम्यारो रोगबाट पीडित भद्रपुर ९  झापाका निर्मला दाहाललाई ओमनबाट आर्थिक सहयोग गरिएको छ।ओमनको दक्षिणी शहर सललाहमा कार्यरत नेपालीहरूले उनको  जीवन रक्षाको लागि संयुक्त रूपमा ४ सय २० ओमनी रियल  नेपाली १ लाख २२ हजार रुपैयाँ सहयोग संकलन गरेका पठाएका हुन्।

गैरआवासीय नेपाली सोसल क्लब क्षेत्रीय समन्वय परिषद सललाहका पूर्व अध्यक्ष टीका प्रसाद दाहाल,सचिव सुकबहादुर थामी ,प्रवक्ता गीता थापा, सदस्य कुमारी राई,समाजसेवी हरिकला भण्डारी सुनुवार, झलेन्द्र दाहाल र  नेपाल मगर संघ क्षेत्रीय समितिसहितकोे सक्रियतामा उक्त रकम रकम संकलन गरिएको थियो।

निर्मलको भित्री हड्डीको बोनम्यारो सुकेर शरीरबाट रगतको मात्रा उत्पन्न नहुने र त्यसको प्रत्यारोपण गर्न एवम् उपचारको लागि आर्थिक अभाव भएकोले पीडितका आफन्तले आर्थिक सहयोग गर्न सामाजिक सञ्जाल र मिडियाबाट सहयोगको अपिल गरेका थिए।

पीडितको घाउमा थोरै भएपनि आफूहरूले मल्हम लगाएको सललाहवासी नेपालीले बताएका छन्। साथै उनीहरूले निर्मलको उपचारको लागि संसारभर छरिएर रहेका नेपाली सहयोगी मनहरूलाई सहयोग गर्न अपिलसमेत गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *