‘छोरी भन्दा आमा तरुनी’का गायक कुमारले ल्याए नयाँ गीत (भिडियाे)

डिसी नेपाल
२६ कार्तिक २०७६ १४:१४

काठमाडौं । ‘छोरी भन्दा आमा तरुनी’ लगायत थुप्रै चर्चित गीतका गायक कुमार बस्नेतले नयाँ गीत सार्वजनिक गरेका छन् । कुनै बेला सेक्सी गायकका नामलेसमेत चिनिने बस्नेतले ‘लान पाउदैनौ दाजै’ बोलको नयाँ गीत बजारमा ल्याएका हुन् ।

उनको यो गीत भजन संग्रहको रुपमा छ । गीतमा शब्द तथा स्वर उनको आफ्नै छ, भने संगीत स्व.बिजु बज्राचार्यको रहेको छ ।
गीतको भिडियोमा पनि बस्नेत आफै देखिएका छन् । पशुपती क्षेत्रमा छायाँकन गरिएको यो भिडियोलाई राजकुमार तिमिल्सिनाले निर्देशन गरेका हुन्, भने गीतको भिडियोलाई अशोककुमार बस्नेतले छायाँकन गरेका हुन् ।

भिडियोको सम्पादनकेसव अधिकारीले गरेका छन् । गीतको भिडियो एटके क्रेशनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *