पासाङ ल्हामु शेर्पाकी छोरीले स्पेनका लागि राजदूतको कार्यभार सम्हालिन्
स्पेन। स्पेनका लागि नेपालका नवनियुक्त राजदूत दावा फुटी शेर्पाले आफ्नो कार्यभार सम्हालेकी छन्। उनले मंगलबारदेखि म्याड्रिडस्थित नेपाली दूतावासमा राजदूत राजदूतको जिम्मेवारी सम्हालेकी हुन्।
उनी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी हुन्।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा नियुक्ती गरेकी थिइन्।
यसअघि स्पेनको राजदूतमा भरतबहादुर रायमाझी थिए। नेपाल सरकारले उनलाई फिर्ता बोलाएपछि दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले कार्यवाहक राजदूतको जिम्मेवारी निर्वाह गरेका थिए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment