दर्शक–स्रोताको मन जित्दै सुनिल गिरीको ‘जाम क्यारे माया’, छोटो समयमै युट्युब ट्रेन्डिङमा

डिसी नेपाल
२८ कार्तिक २०७६ १०:५५

काठमाडौं। लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’लाई स्रोता तथा दर्शकले रुचाएका छन्। गीत सार्वजनिक भएको एक साता नबित्दै युट्युब ट्रेन्डिङमा समेत पर्न सफल भएको छ।

गीतमा सुनिल र मेलिना राईको स्वर रहेको छ। गीतको शब्द तथा संकलन पनि गिरी स्वयंले नै गरेका हुन्। भिडियोमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन्।

मनाङ गुरुङले कोरियोग्राफीमा बनेको भिडियोलाई हरि श्रेष्ठ र उज्वल सापकोटाले खिचेका हुन्। भिडियो सम्पादनको जिम्मेबारी भने पवन सिंम्खडाले निर्वाह गरेका छन्। ‘को होला त्यो’ गीतबाट चर्चामा आएका गायक गिरीले थुप्रै्र हिट गीत दिईसकेका छन्।

भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *