कोरियामा एक नेपाली युवाको मृत्यु

डिसी नेपाल
२८ कार्तिक २०७६ १६:२९

सौल। रोजगारीको लागि दक्षिण कोरिया आएका एक नेपाली युवाको ज्यान गएको छ । रौतहटका ३५ वर्षीय संजय बिकको उपचारको क्रममा बुधवार राती अस्पातलमा ज्यान गएको एनसीसी कोरियाकी अध्यक्ष अन्जु केसीले जानकारी दिएकी छन्।

करिव ६ वर्ष अगाडि पर्यटन भिसामा कोरिया प्रवेश गरेका बिकले अवैधानिक रुपमा बसेर काम गर्दै आइरहेका थिए।

मृतक बिक हेपाटाइटिस रोगबाट ग्रसित थिए। उनको १० महिनादेखि उपचार चलिरहेको थियो । उनलाई पछिल्लो पटक सोल नेसनल मेडिकल सेन्टरमा भर्ना गरिएको अध्यक्ष अन्जु केसीले बताइन्।

उनको उपचारको लागि आर्थिक अभाव भएको भन्दै कोरियामा रहेका बिभिन्न संघ संस्थाले आर्थिक संकलन अभियान पनि चलाएका थिए।

उनको शवलाई कोरियामै दाहसंस्कार गर्ने तयारी भैरहेको बताइएको छ। बिककी श्रीमती कोरियामै कार्यरत छिन्। उनको एक छोरासमेत छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *