तमु समाज मकाउको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

डिसी नेपाल
१ मंसिर २०७६ ६:५९
16
Shares

मकाउ । गुरुङ (तमु) समाज मकाउले दशैँ, तिहार तथा छठको शुभकामनासहित गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउमा निर्वाचित गुरुङ समुदायका व्यक्तिहरुलाई सम्मान गरेको छ।

गुरुङ (तमु) समाज मकाउका अध्यक्ष रामेन्द्र कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा (एनआरएनए) मकाउका अध्यक्ष पूर्ण बहादुर गुरुङ, सचिव राजेश गुरुङ, सदस्य लिल बहादुर गुरुङ (गोरे) सम्मानित भएका हुन्।

कार्यक्रममा सम्मानका लागि निमन्त्रणा गरिएको भएपनि एनआरएनए मकाउका उपाध्यक्ष रास कुमार गुरुङ र सदस्य सन्तोष गुरुङ समय अभावका कारण उपस्थित हुन सकेनन्।

उक्त सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा एनआरएनए मकाउका अध्यक्ष पूर्ण बहादुर गुरुङ, कार्यक्रममा सभापति रामेन्द्र गुरुङलगाएतले महत्वपूर्ण भनाई राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *