प्रताप दासको नयाँ गीतमा अन्जली र राजको रोमान्स (भिडियो)

डिसी नेपाल
१ मंसिर २०७६ १४:२१

काठमाडौं। गायक प्रताप दासको सुमधुर आवाजमा रहेको बिल्कुलै नयाँ गीत हिमाल हौ तिमीको म्युजिक भिडियो सार्वजनिक भएको छ। मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको संगीत रहेको यस गीतमा मानसी किरणको संगीत संयोजन रहेको छ।

आकर्षण लोकेशनमा तयार गरिएको यस गीतको म्युजिक भिडियोमा निकै नै चर्चित मोडल अन्जली अधिकारीको साथमा कलाकार तथा मोडल राज खड्काको अभिनय रहेको छ।

खड्काले यस अघि एकल र सोलो गरेर तिन दर्जन भन्दा बढी गितमा संगित भरिसकेका छन् भने एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरेका छन्् र पछिल्ला केहि बर्ष देखी आफूलाई अभिनयमा पनि व्यस्त राखेका छन्।

राज खड्का यस गीतको म्युजिक भिडियो निर्देशन पनि हुन्। अन्जुली इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई मधुर बस्नेतले छाँयाङकन अनि राजिव समरले कोरियोग्राफी र सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।  यस भिडियोलाई हृयाम्स इन्टरटेन्टमेन्ट बाट आज आईतबार सार्वजनिक गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *