जजीरा एयरलाइन्सको नेपाल–कुवेत सिधा उडान सुरु

डिसी नेपाल
१ मंसिर २०७६ १४:५३

काठमाडौं। कुवेतको जजीरा एयरलाइन्सले काठमाडौं–कुवेत सिधा उडान सुरु गरेको छ । तुलनात्मक रुपमा सस्तो मानिने जजीराले आज नोभेम्बर १७ देखि उडान सुरु गरेको हो । एयरलाइन्सले काठमाडौं–कुवेत हप्तामा ४ उडान भर्नेछ । जनवरी २०२० देखि एयरलाइन्सले उडानको संख्या अझै थप गर्ने जनाएको छ ।

जजीरा एयरलाइन्सका सिइओ रोहित रामचन्द्रनले भने ‘ट्रिप एडभाइजरका अनुसार यस वर्ष विश्वका टप गन्तव्यमध्ये १९ औं गन्तव्यमा उडान सुरु गर्न पाउँदा हामी खुसी छौं । अब पर्यटकहरुले नेपालको सुन्दरताको आनन्द लिन सहज भएको छ । यसले दुई देशबीचको आर्थिक व्यापार सम्बन्ध पनि थप बलियो बनाउनेछ र नेपालीहरुका लागि मध्यपूर्व र युरोप जानको लागि कुवेत हुँदै जाने सस्तो विकल्प पनि उपलब्ध गराउनेछ ।’

यो उडान ५ घण्टा ४५ मिनेटको हुनेछ । कुवेत काठमाडौं उडान सोमबार, बुधबार शुक्रबार र आइतबार हुनेछ । कुवेतबाट बिहान स्थानीय समयअनुसार ९ बजेर ५ किनेटमा उडान हुनेछ । यो उडान स्थानीय समयअनुसार ४ बजेर २० मिनेटमा काठमाडौं आइपुग्नेछ । काठमाडौंबाट कुवेत जाने उडान स्थानीय समयअनुसार बेलुका ५ बजेर ५ मिनेटमा उड्नेछ र स्थानीय समयअनुसार ८ बजे कुवेत पुग्नेछ ।

उडानको लागि एयरलाइन्सको वेबसाइटमा टिकट बुकिङ गर्न सकिने एयरलाइन्सले जनाएको छ । नेपाल कुवेत उडानको लागि इकोनोमी क्लासमा एकतर्फी भाडा कुवेती दिनार ६५ (२४ हजार ५ सय नेपाली रुपैयाँ) र दुईतर्फी भाडा १२९ दिनार (४८ हजार ७ सय नेपाली रुपैयाँ) पर्नेछ । बिजनेस क्लासमा एकतर्फी भाडा १५४ दिनार (५८ हजार नेपाली रुपैयाँ) र दुईतर्फी भाडा ३१३ दिनार (१ लाख १८ हजार नेपाली रुपैयाँ) पर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *