अन्तराष्ट्रिय तामाङ परिषद्को मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनको मस्कटमा हुँदै

डिसी नेपाल
२ मंसिर २०७६ १०:५२
8
Shares

मस्कट। विश्वभरि छरिएर रहेका तामाङ समुदायको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद्को मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनमा हुने भएको छ । सम्मेलन तामाङ समाज ओमानको व्यवस्थापन तथा अन्तर्राष्ट्रिय तामाङ परिषद्को आयोजनामा आगामी नोभेम्बर २९ तारिख शुक्रबारका दिन राजधानी मस्कटस्थित अलमासा हलमा हुने भएको हो।

सम्मेलनमा ओमनसहित अन्य मध्यपूर्वी राष्ट्रहरू युएई ,बहराइन, कुवेत ,कतार , साउदीअरब र इराकबाट ४ दर्जनभन्दा बढि प्रतिनिधि तथा पर्यवेक्षकहरू सहभागी हुने बताइएको छ।

त्यस्तै तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको अध्यक्ष  तथा अन्य प्रतिनिधिहरू ,परिषद्का पदाधिकारी र पत्रकारहरूको समेत उपस्थिति रहने तामाङ समाज ओमनले जानकारी दिएको छ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *