जिल्ला समन्वय समितिका प्रमुखको निधन

डिसी नेपाल
५ मंसिर २०७६ १९:५५

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको आज निधन भएको छ ।

उनको काठमाडौँस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।

युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार गराइरहेका बस्यालको फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।

विसं २००९ मा बगनासकाली गाउँपालिका–६ यम्घा थामडाँडामा जन्मेका बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेश कमिटी सदस्यसमेत रहेका बामपन्थी नेता बस्याल नेकपा जिल्ला कमिटीका प्रमुख र किसान सङ्घका केन्द्रीय सदस्यसमेत बनेका थिए ।

बस्यालको शुक्रबार पाल्पामा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *