विकासले जिते भारोत्तोलनमा स्वर्ण, नेपालको स्वर्ण संख्या ४० पुग्यो

डिसी नेपाल
२० मंसिर २०७६ १६:४५

काठमाडौं । भारोत्तोलनका विकास थापाले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष ८९ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

विकासले स्न्याचमा १ सय २३ केजी र क्लिन एन्ड जर्कमा १ सय ४६ केजीसहित कुल २ सय ६९ केजी तौल उचाले । पछिल्लो संस्करणमा रजत जितेका उनले यसपटक प्रदर्शन सुधार गरे ।

नेपालले जारी १३ अौं सागमा जितेको यो ४० अौं स्वर्ण हो । शुक्रबार नेपालले चार‌ स्वर्ण जितिसकेको छ । यसअघि धावक गोपीचन्द्र पार्की र गल्फतर्फ सुवास तामाङ र पुरुष टिमले स्वर्ण जितेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *