पौडीमा गौरिकालाई अर्को स्वर्ण (फोटोफिचर)

डिसी नेपाल
२० मंसिर २०७६ १७:४६

काठमाडौं। नेपालकी नम्बर वन पौडीवाज गौरिका सिंहले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा अर्को स्वर्ण जितेकी छन्। शुक्रबार भएको २०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण जितेकी हुन्।

गौरिकाले २ मिनेट १७.७३ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् । योसँगै गौरिकाले लगातार दोस्रो दिन स्वर्ण जितेकी छिन् ।

यसअघि बिहीबार सातदोबाटोमा भएको प्रतियोगितामा उनले २०० मिटर फ्री स्टायलमा नेपालका लागि स्वर्ण जितेकी थिईन्। गौरिका सागको पौडीमा व्यक्तिगत विधामा दुई स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनिन् ।

यस स्पर्धामा भारतकी मनु राजिब पटेलले २ मिनेट २०.७१ सेकेण्डको समय निकाल्दै रजत जितिन् । श्रीलंकाकी गंगासेनले २ मिनेट २७.२५ सेकेण्डको समय सहित कास्य जितिन् । गौरिकाले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ ।

तस्वीरः रमण मानन्धर/डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *