साग स्क्वासः स्वर्णका लागि भारत र पाकिस्तान भिड्ने

डिसी नेपाल
२१ मंसिर २०७६ २०:२२

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्क्वासको पुरुष एकलतर्फ पाकिस्तानका तयब अस्लम र भारतका हरिन्दर सिंह फाइनलमा पुगेका छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको हलमा शनिबार भएका सेमिफाइनल खेलमा अस्लमले भारत र हरिन्दरले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्णको प्रतिस्पर्धा तय गरेका हुन् । सेमिफाइनलमा भारतका अभय सिंहलाई ६–११,११–४, १२–१४, १२–१० र ११–७ ले हराउँदै अस्लम फाइनल पुगेका थिए ।

हरिन्दरले पनि सेमिफाइनलमा पाकिस्तानका मेहबुब फरहानलाई ९–११, ११–८, ६–११, ११–८ र ११–९ ले हराउँदै फाइनलमा पुगेका थिए । महिला एकलतर्फ भने भारतकै दुई खेलाडीले सेमिफाइनलमा पाकिस्तानी प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै फाइनल अगावै आफ्नो राष्ट्रलाई स्वर्ण सुरक्षित गराएका छन् ।

पहिलो सेमिफाइनलमा भारतकी सुनयना कुरुभिल्लाले पाकिस्तानकी पैmजा जफरलाई ९–११,११–६, ११–० र ११–५ ले हराउँदै स्वर्ण प्रतिस्पर्धाको यात्रा तय गरेका थिइन् । अर्को सेमिफाइनलमा पनि भारतकै तान्भी खन्नाले पनि पाकिस्तानकी मदिना जफरलाई १२–१०, ११–६ र ११–७ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।

पुरुष र महिलाको फाइनल प्रतिस्पर्धा आइतबार नै हुनेछन । आइतबारदेखि पुरुष र महिलाको टिम स्पर्धा पनि प्रतिस्पर्धा हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *