डाेल्पामा हिउँ पन्छाएरै उडाइयो जहाज

डिसी नेपाल
२८ मंसिर २०७६ २०:४९

डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा एक दिनदेखि रोकिएको समिट एयरको जहाँज शनिबार दिउँसो नेपालगञ्ज विमानस्थलका लागि उडेको छ ।

खराब मौसमका कारण शुक्रबारदेखि विमानस्थलमै रोकिएको समिट एयरको जहाज धावन मार्गमा जमेको बाक्लो हिउँ ट्र्याक्टर र मान्छे लगाएर पन्छाएपछि दिउँसो दुई बजे नेपालगञ्जका लागि उडेको हो ।

शुक्रबार बेलुकी भएको भारी हिमपातपछि धावनमार्गमै जमेको हिउँ बिहानैदेखि ट्र्याक्टर, एयरपोर्टका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयवासी मिलेर पन्छाए पछि जहाज उडाउन सफल भएको विमानस्थल सुरक्षा चौकी जुफालका प्रहरी नायब निरीक्षक कमल शाहले जानकारी दिए ।

नेपालगञ्जबाट यात्रु बोकेर जुफाल विमानस्थलका लागि उडेको समिटको जहाज अवतरण गरेको केही समयभित्रै नेपालगञ्ज र जुफालको मौसम बिग्रेपछि धावनमार्ग मै रोकिएको थियो । जहाज रोकिएको केही घण्टापछि हिउँ पर्न शुरु भएपछि जहाज हिउँले सेताम्य भएको थियो । धावनमार्गमा हिउँ जमेकाले आज कुनै पनि उडान भएन ।

हिउँ पन्छाएर धावनमार्ग खाली गरिएकाले आइतबार विभिन्न विमान कम्पनीले उडान भर्ने जुफाल विमानस्थलले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *