जनगणनामा ५४ हजार ४१३ जनशक्ति परिचालन हुने

डिसी नेपाल
१२ पुष २०७६ २१:१४

सुर्खेत । केन्द्रीय तथ्याङ्क विभागले ‘राष्ट्रिय जनगणना २०७८’ को महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ । जनगणनाको तयारी र अगामी योजना विषयमा शनिबार आयोजित कार्यक्रममा विभागका निर्देशक ढुण्डीराज लामिछानेले गणनामा तथ्यगत, विश्वसनीय र भरपर्दो तथ्याङ्क सङ्कलनमा सबैको महत्वपूर्ण भूमिका रहने बताए।

“राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्याङ्क नै देशको मूल तथ्याङ्क हो”, उनले भने, “यही वास्तविक तथ्याङ्कलाई मूल आधार बनाएर सरकारले राष्ट्रिय नीति र विकास निर्माणमा योजना बनाउने हो ।” विभागले ‘मेरो गणना, मेरो सहभागिता’ नारा तयगरी आगामी माघ १ गतेदेखि चैत्र मसान्तसम्म नमूना जनगणना सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले विभागलाई स्पष्ट कार्यविधि बनाएर अघि बढ्न सुझाव दिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकारहरुले जनगणनालाई सहयोग पुग्नेगरी समाचार प्रवाह गर्न आग्रह गरे ।

कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले यौनिक अल्पसङ्ख्यक र राउटेहरुको वास्तविक तथ्याङ्क सङ्कलनमा ध्यान दिन आग्रह गरे । विभागले ‘राष्ट्रिय जनगणना २०७८’ मा बेरोजगार युवाहरुलाई गणक बनाउन प्राथमिकता दिने भएको छ । गणनामा ५४ हजार ४ सय १३ जनशक्ति परिचालन हुने र ४३ हजार २ सय ७७ गणकको मात्र सङ्ख्या हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *