सुदूरपश्चिमलाई हराउँदै पुलिस एमएम कपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

डिसी नेपाल
२ माघ २०७६ १६:३५

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

इनरुवामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । इनरुवा रंगशालामा पुलिसले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३० रनमा समेटियो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ३९ रन बनाए । यस्तै आकाश चन्दले २३ रन जोड्दा खड्क बोहराले १४ रन बनाए । गजेन्द्र बोहरा १२ रनमा आउट भए । पुलिसका सागर ढकाल एक्लैले ५ विकेट लिए । यस्तै ललित राजवंशीले ३ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । पुलिसको उच्च योगफलमा दिपेन्द्र सिंह ऐरीले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ललित भण्डारीले ४० रन बनाए ।

त्यस्तै अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९ तथा कुशल भुर्तेलले १७ रन बनाए । सुदूरपश्चिमका शेर मल्ल, आकाश चन्द र विनोद लामाले ३र३ विकेट लिए ।

अब पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मी प्रदेश–३ लाई ६४ रनले पराजित गर्दै फाइनल पुगिसकेको छ । प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार पाउँदा उपविजेताले २ लाख ५ हजार पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *