प्लास्टिकबाट बन्यो १८ क्यारेटको सुन

डिसी नेपाल
४ माघ २०७६ ८:२५

काठमाडौं। वातावरणलाई अत्यन्तै नोक्सानी पुर्याइरहेको प्लाष्टिकबाट इन्धन र सडक बनाउने जस्ता कैयौं प्रयोग भइसकेका छन् । तर, विश्वमै पहिलो पटक स्विट्जरल्याण्डका बैज्ञानिकहरुले प्लाष्टिकबाट सुन बनाउने काममा सफलता हात पारेका छन् । प्लाष्टिकका मेट्रिक्सलाई मिश्र धातुको रुपमा प्रयोग गरेर बनाइएको यो १८ क्यारेटको सुन तौलमा पनि निकै हल्का छ । यसको चमक पनि वास्तविक सुन जस्तै छ । यसलाई सजिलै पालिस पनि गर्न सकिन्छ ।

साइन्स डेलीको रिपोर्टअनुसार हल्का भएका कारण यो सुन घडीहरुमा र गहनाको रुपमा निकै लोकप्रिय हुने वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन् । यो शोध सायन्स जर्नलमा प्रकाशित गरिएको छ । स्विस विश्वविद्यालय इटिएच ज्यूरिखका वैज्ञानिक राफेल मेजेंगाका अनुसार नयाँ विकसित गरिएको सुनको तौल परम्परागत १८ क्यारेटको सुनको भन्दा १० गुणा कम छ । परम्परागत मिश्रणमा चीन चौथाइ सुन र एक चौथाइ तामा हुन्छ जसको घनत्व लगभग १५ ग्राम प्रतिघनसेन्टिमिटर हुन्छ ।

प्लाष्टिकबाट बनाइएको यो सुनको घनत्व भने १.७ ग्राम प्रति घनसेन्टिमिटर मात्र छ । यति हुँदाहुँदै पनि यो १८ क्यारेटको सुन नै हो । यसलाई बनाउनको लागि प्रोटिन फाइबर र एक पोलिमरको प्रयोग गरिएको छ । यसमा पहिले सुनको नानेटिकको पातलो डिस्क राखियो । पहिले पानी र पछि अल्कोहलको माध्यमबाट यसको घोल तयार गरियो । यो घोललाई कार्बनडाइअक्साइड ग्यासको उच्च दबाबबाट प्रवाहित गरेर यसलाई ठोस आकारमा बदलियो । शोधकर्ताहरुले यसलाई बनाउने प्रक्रिया र सामग्री दुवैको लागि पेटेन्टको आवेदन गरिसकेका छन् ।

अमेरिकाको स्टेनफोर्ड युनिभर्सिटीको हालैको अनुसन्धानका अनुसार पृथ्वीमा करिब ९.१ अर्ब टन प्लाष्टिक छ । अहिले विश्वको कूल जनसंख्या करिब ७.६ अर्ब छ । अर्थात हरेक व्यक्तिको भागमा करिब १.२ टन प्लाष्टिक छ । माइक्रोप्लाष्टिकका हानीकारक रसायन शरीरलाई सबैभन्दा धेरै नोक्सान पुर्याइरहेका छन् । हरेक मानिसले अन्जानमै प्रत्येक दिन २ सय टुक्रा माइक्रोप्लाष्टिक खाइरहेको छ । यसबाट पेटभित्र संक्रमण फैलिइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *