एसी मिलान विजयी

डिसी नेपाल
५ माघ २०७६ २०:३६

एजेन्सी । इटालियन सिरि ‘ए’मा एसी मिलान विजयी भएको छ । आइतबार भएको खेलमा उडिनेसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा उडिनेसविरुद्ध १ गोलले पछि परेको मिलानले दोस्रो हाफमा उत्कृष्ट ‘कमब्याक’ गरेको हो । छैटौं मिनेटमा उडिनेसका जेम्स लार्सेनले गोल गर्दै उडिनेसलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोलले पछि परेको मिलानले दोस्रो हाफको शुरुमै बराबरी गोल गरेको थियो । ४८ औं मिनेटमा एन्टे रेवीकले गोल गर्दै बराबरी गरेका थिए ।

थियो बर्नान्डले गोल गर्दै ७१ औं मिनेटमा मिलानलाई २–१ को अवस्थामा लगेका थिए । केभिन लसगनाले गोल गर्दै ८५ औं मिनेटमा उडिनेसलाई बराबरी गराए । तर इन्ज्योरी टाइमको तेस्रो मिनेटमा एन्टी रेवीकले व्यक्तिगत दोस्रो गोल गरेपछि मिलानले स्पष्ट तीन अंक दिलाए ।

जीतसँगै मिलान २८ अंकका साथ आठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको युभेन्टसको ४८ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *