एनआरएन अमेरिकाको फेक आईडी काण्ड छानिवन गर्न अध्यक्ष पन्तको निर्देशन

डिसी नेपाल
११ माघ २०७६ १२:१३

काठमाडौं । गैर आवासीय नेपाली संघ अमेरिकाका प्रवक्ता ओम भट्टराई तथा सल्लाहकार शिव मल्ल फेक आईडी काण्डमा मुछिएर अरुलाई बद्नाम गराउने गरेको कुरा सार्वजानिक भएपछि गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले त्यसबारे तत्काल छानविन गर्न निर्देशन दिएका छन् ।

संस्थाको नाम जोडिएर बद्नामी हुने अवस्था आउनु नहुने भन्दै अध्यक्ष पन्तले संघका महासचिव डा. हेमराज शर्मा र अमेरिकाका रिजनल कोआर्डिनेटर राजन त्रिपाठीलाई घटनाबारे तत्काल छानविन गर्न निर्देशन दिएका हुन् ।

एनआरएन अमेरिकाको निर्वाचनमा कोषध्यक्षमा पराजित भएका प्रशन्न संग्रौलाले केही दिनअघि आफ्नै फेसबुक पेजमार्फत लाइभ गर्दै एनआरएन अमेरिकाका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्लले मिलेर नेपाली समुदायका भए नभएका ब्यक्तिगत कुराहरु फेक आईडी बनाई प्रकाशन गर्ने गरेको उल्लेख गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *