एकतर्फी प्रेममा पागलझैं पछि लागेका विवाहित पुरुषले २४ वर्षे शिक्षिकालाई जिउँदै जलाइदिए

डिसी नेपाल
२० माघ २०७६ १४:४४

काठमाडौं। २४ वर्षकी एक शिक्षिकाले एकतर्फी प्रेमका कारण गम्भीर परिणाम भोग्नु परेको छ । एकतर्फी प्रेममा पागल २७ वर्षका एक विवाहित पुरुषले उनलाई जिउँदै जलाएका छन् । युवतीले विवाह गर्न अस्वीकार गरेपछि आक्रोशित ती पुरुषले जिउँदै जलाएका हुन् ।

घटना भारतको महाराष्ट्रको वर्धा जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ । वर्धाको हिंगनघाटको नंदोरी चोकमा आज बिहान ७ बजे उनले युवतीलाई जलाइदिएका हुन् । पीडित युवतीको हालत गम्भीर भएको समाचारमा उल्लेख छ । उनलाई उप जिल्ला अस्पतालमा लगिएकोमा त्यहाँबाट रिफर गरी नागपुर ओरेन्ज सिटी अस्पतालमा उपचारको लागि पठाइएको छ ।

हिंगनघाट पुलिसका अनुसार पीडितको उमेर २४ वर्ष थियो । उनले विगत ७ महिनादेखि एक महिला कलेजमा पढाइरहेकी थिइन् । एक विवाहित व्यक्तिले कैयौं पटक उनलाई प्रेम प्रस्ताव राखेका थिए तर युवतीले कुनै मतलब गरिनन् । यही कुराले आक्रोशित ती व्यक्तिले पेट्रोल खन्याएर आगो लगाइदिएका हुन् । आरोपीलाई गिरफ्तार गरिएको पुलिसले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *